Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

बैतडी बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ३९ घाइते 

बैतडी बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ३९ घाइते 


  • 2.3K
    Shares

    बैतडी बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ३९ घाइते 
    images

    बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताए । 

    पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११  नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

    आज दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ । 

    दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताए ।  बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकिन हुन बाँकी छ



    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १३:४४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij