२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक बर्ष २०७९/८० को वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म मूल्यवृद्धि ६.८३ प्रतिशत रहेको छ भने आयात १६ प्रतिशत र निर्यात २२.७ प्रतिशतले घटेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।
जेठ मसान्तसम्म रेमिट्यान्स २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति २२८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहदा संघीय सरकारको खर्च ११ खर्ब ७६ अर्ब ७ करोड र राजस्व परिचालन ८ खर्ब ३६ अर्ब ८५ करोड रहेको छ ।
यस अवधिमा विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.९ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ ।
तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij