Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सशस्त्र प्रहरीका ७ कर्मचारी ३ महिनादेखि सम्पर्कविहीन

सशस्त्र प्रहरीका ७ कर्मचारी ३ महिनादेखि सम्पर्कविहीन


  • 2.0K
    Shares

    सशस्त्र  प्रहरीका ७ कर्मचारी ३ महिनादेखि सम्पर्कविहीन
    images

    काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका सात कर्मचारीलाई सात दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । 

    जसमध्ये दुई जना सशस्त्र प्रहरी सहायक हवलदार र ५ जना जवान छन् । उनीहरूलाई सात दिन भित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए नोकरीबाट हटाइने चेतावनी दिइएको छ ।

    हाजिर हुन नजानेहरूमा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गण कपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ, १७ नम्बर गणका केशर बहादुर विष्ट, ४९ नम्बर गुल्मका नर साउद, २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक बिक र ९ पशुपतिनाथ बाहिनी मुख्यालयका सहायक हवलदार बिराज घिमिरे छन् ।

    ‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा सशस्त्र प्रहरी नियमावली २०७२ को बमोजिम कारबाही हुनेछ ।’

    sastra police.webp

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १०:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij