Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज प्रतिनिधि सभाको बैठक बस्दै, तीनवटा विधेयक अघि बढाउने तयारी

आज प्रतिनिधि सभाको बैठक बस्दै, तीनवटा विधेयक अघि बढाउने तयारी


  • 1.9K
    Shares

    आज प्रतिनिधि सभाको बैठक बस्दै, तीनवटा विधेयक अघि बढाउने तयारी
    images

    आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ। सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिनेछ। 

    सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ।

    यसैगरी आज प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् भने उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मा दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्। 

    यसैगरी आजकै बैठकमा मन्त्री गुरुङले नै ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मा प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नेछन् भने यसपश्चात् उक्त विधेयक पारितको प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - ०९:१४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij