Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ


  • 2.1K
    Shares

    कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ

    काठमाडौं । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ ।

    निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ ।

    अघिल्ला मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङले थापालाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका थिए । थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले समेत समर्थन गरेका छन् ।

    संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको तर्क गर्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो ।

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - ०६:५६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij