Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त


  • 2.8K
    Shares

    कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

    विराटनगर। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    दुई या दुई भन्दा बढी दलको समर्थनमा उनलाई कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले पनि थापाको समर्थनमा हस्ताक्षर गरेका छन् ।

    गठबन्धनमा रहेका दलले सभामुख बाबुराम गौतमसहितको बहुमत पुर्‍याएर थापा नेतृत्वको सरकार बनाउन दाबी गरेका थिए । यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्‍याइएको हो ।

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १६:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij