Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

खाद्यान्न अभाव भोगेका बालबालिकालाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहयोग

खाद्यान्न अभाव भोगेका बालबालिकालाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहयोग


  • 2.1K
    Shares

    खाद्यान्न अभाव भोगेका बालबालिकालाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहयोग

    विराटनगर । बुबाआमाको अभावमा खाद्यान्न अभावको समस्यामा परेका सुर्खेतस्थित बराहताल–५ का दुई बालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार सहयोग स्वरूप १० हजार सहयोग गरेका छन्।

    अनलाइनहरूमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिकाका बारेमा चासो राखेका थिए। बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा उक्त रकम पठाई दिएका हुन्।

    उक्त अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनीषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

    पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरूका बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्मन्त्री कार्कीले बताए।

     

     

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १३:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij