Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए, ८४ डिस्चार्ज 

पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए, ८४ डिस्चार्ज 


  • 5.9K
    Shares

    पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए,  ८४  डिस्चार्ज 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ८२ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ । 

    गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ७३ जना समावेश गरेको छ ।

    गत २४ घण्टामा ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १६:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij