२०८२ माघ १० गते शनिवार
काठमाडौं । सरकारले विभिन्न सातवटा औषधि उत्पादक कम्पनीका आठ ब्रान्ड औषधिमाथि बिक्रीवितरण प्रतिबन्ध लगाएको छ।
ती कम्पनीका विभिन्न आठ ब्रान्डका औषधि कमसल रहेको पाइएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न भनेको छ।
राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा बाराको प्राइम फर्मासिटिकल्स प्राली, वीरगन्जको भाष्कर हर्बसिटिकल्स, भक्तपुरको सिटीएल फर्मासिटिकल्स, बाराको म्याग्नस फर्मा, मोरङको एमटेक मेड प्राली, रुपन्देहीको बायोगेन रिमेडिज प्राली, बाराको आर्या फर्मा ल्याबका ती औषधि तोकेको मापदण्डविपरीतका न्युन गुणस्तर पाइएको हो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij