Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गण्डकी गाउँपालिकाले मनायोे राष्ट्रिय धान दिवस

गण्डकी गाउँपालिकाले मनायोे राष्ट्रिय धान दिवस


  • 3.5K
    Shares

    गण्डकी गाउँपालिकाले मनायोे राष्ट्रिय धान दिवस

    गोरखा । गण्डकी गाउँपालिकाको कृषि शाखा र खाध्य तथा पोषण सुधार आयोजना क्लस्टर ईकाइ गोरखाको संयुक्त आयोजनामा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना (साकार) उपाध्यक्ष ललिता अधिकारीको उपस्थितिमा आज असार १५ गते राष्ट्रिय धान दिवसका दिन दुई हल गोरु, बाजा र ३ सय जना सहभागीहरुले विभिन्न कार्यक्रम गर्दै दही चिउरा खाएर भव्यताका साथ राष्ट्रिय धान दिवस मनाए । 

    राष्ट्रिय धान दिवसका दिनमा अझ कृषकलाई प्रोत्साहन गर्न वडा नम्वर ७ स्थित ज्यामिरेघाटमा भएको हिलोमा डोरी तान्ने खेलमा प्रथम हुने मन्जिल दुवाडीको टिमले पाँच हजार, द्धितिय हुने रोशन भट्टराइको टिमले तीन हजार र तृतीय हुने रमेश दुवाडीको टिमले दुई हजार नगद प्राप्त गरे । 

    त्यसैगरी महिला तर्फ धान रोप्ने प्रतियोगितामा प्रथम हुने सरस्वती दुवाडीले तिन हजार, द्धितीय हुने कमला नेपालीले दुई हजार र तृतीय हुने मञ्जु रेग्मीले एक हजार नगद प्राप्त गरिन् ।

    4.jpeg

    3.jpeg

    1.jpeg

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १७:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij