२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ ।
काठमाडौँ नयाँ बानेश्वरमा रहेको उक्त हस्पिटल र क्यापिटलबिच भएको उक्त सम्झैतामा क्यापिटल तथा हस्पिटलका ग्राहकहरू तथा कर्मचारीलाई हस्पिटलले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरूमा विशेष छुट दिने भएको छ ।
उक्त सम्झौता पत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सन्राइज क्यापिटल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई नि: शुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आथिृक बर्षको डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
यस्तै, नि: शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा, आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने क्यापिटलले जनाएको छ ।
त्यसैगरी हस्पिटलले सन्राइज क्यापिटलका कर्मचारी तथा ग्राहकहरुलाई नि: शुल्क विशेषज्ञ परामर्श, दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij