Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोशी प्रदेशको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने

कोशी प्रदेशको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने


  • 2.5K
    Shares

    कोशी प्रदेशको बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।

    आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वास मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि मत विभाजन हुने कार्यसूची छ ।

    मुख्यमन्त्री कार्की हिजो प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुन: सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज ११: ०० बजेका लागि बोलाइएको भए पनि १ घण्टा ढिलो सुरु भएको हो ।

    सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्  । 

    कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन बाध्य भएका हुन् । 

    मुख्यमन्त्रीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

    जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहने भए पनि सो पार्टीले तटस्थ बस्ने जनाएपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा परेका छन् । जसपा नेपालको एक मत रहेको छ ।

    हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - ११:१७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij