२०८२ माघ १० गते शनिवार
काठमाडौं । प्रहरीले १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिठ्ठे परियारलाई काठमाडौंबाट हिजो बुधवार पक्राउ गरेको हो ।
परियारसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन भएको सीआईबीले जनाएको छ । उनलाई काठमाडौं तारकेश्वर नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
सीआईबीकी प्रवक्ता गंगा पन्तले परियारविरुद्ध लिखतसम्बन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको खुल्न आएकाले पक्राउ गरिएको जानकारी दिएकी छिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij