Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

विप्लव नेतृत्वको नेकपाले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँदै

विप्लव नेतृत्वको नेकपाले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँदै


  • 1.7K
    Shares

    विप्लव नेतृत्वको नेकपाले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँदै

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर असार १५ गते धान दिवसको उद्घाटन गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत महासचिव विप्लवले पार्टी केन्द्रसहित ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान लगाउने दाबी गरे ।  ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको विप्लवले बताए ।  

    ‘आत्मनिर्भर पार्टी र आत्मनिभर उत्पादन अघि सारेका छौं । यसको चर्चा र विश्लेषण व्यापक छ । यसलाई प्रयोगमा लैजाँदा अत्यन्तै विश्वास र समर्थन पाएका छौं’ विप्लवले भने, ‘असार १० गतेदेखि असार ३० गतेसम्म वर्षे बाली उत्पादन गर्न महासचिवदेखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा लाग्ने छौं ।’ असार १५ गते पार्टीका केन्द्रीय नेताहरु सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानमा ४० विघाभन्दा उत्पादन गर्न लागेको विप्लवले बताए । आफुहरुको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको विप्लवले बताए ।

    पार्टी उत्पादनमा लागेपछि नेता कार्यकर्ता मात्रै नभई सर्वसाधारणमा समेत सकारात्मक प्रभाव परेको उनले बताए । यसअघि विप्लवले कपिलवस्तु र ललितपुरमा कम्युनको रुपमा खेती गर्दै आएका थिए ।

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १०:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij