२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशमा बजेटको विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जसपा संसदीय दलको बैठकमै पुगेर सो आश्वासन दिएका हुन् ।
प्रधानमन्त्रीले सो आश्वासन दिएपपिछि जनता समाजवादी पार्टीले बजेट पासमा समर्थन जनाएको हो । जसपाका अधिकांश सांसदहरुले बजेटको विपक्षमा मतदान गर्ने भएपछि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई संसदीय दलको कार्यालयमा बोलाएर छलफल गरेका थिए ।
बैठकमा प्रचण्डले जसपा सांसदहरूको गुनासो सुनेका थिए । छलफलमा उनले बजेट संशोधन गर्न नसकिने तर मधेशका लागि आवश्यक बजेटको व्यवस्था गराउन सकिने आश्वासन दिएपछि बजेटलाई समर्थन गर्ने निष्कर्षमा पुगेको जसपाका सांसद एवं प्रमुख सचेतक प्रदीप यादवले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij