Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बरुण हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

बरुण हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने


  • 2.5K
    Shares

    बरुण हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार १२ गते बसेको संचालक समितिको बैठकमा एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

    सञ्चालक समितिले सत प्रतिशत हकप्रद शेयर निष्काशनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ । 

    विद्युत सम्बन्धी कम्पनीको शेयरले सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ बमोजिम पुर्व स्वीकृतिको लागि विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

    हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब ७ करोड पुग्नेछ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १३:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij