२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेको नेपाल-भारत सीमा खुल्ला गर्न माग गरेको छ।
जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल-भारत सीमा नखोल्दा नाकाका मानिसहरुको जीवन कष्टकर भएको भन्दै खुल्ला गर्न माग गरेका हुन् ।
चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ । तर नेपाली नागरिकहरुलाई नेपाल आउन १४ वटा नाका तोकिएको छ ।
लामो समय नाका बन्द हुँदा जीवन थप कष्टकर बनेको भन्दै केही जिल्लाको समिा क्षेत्रका बासिन्दाले आन्दोलन गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij