Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छ : मन्त्री रञ्जिता श्रेष्ठ

सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छ : मन्त्री रञ्जिता श्रेष्ठ


  • 2.4K
    Shares

    सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छ :  मन्त्री रञ्जिता श्रेष्ठ
    images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको बताएकी छन् । 

    आज प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले भूमिहिनहरुसँग परामर्श लिएर जग्गादर्ता गर्ने र लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढेको बताएकी हुन् । ‘भूमिहीनसँय ग जग्गा दर्ता गर्ने र हस्तान्तरण गर्ने विषयसँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ ।’ उनले भनिन्, ‘विभिन्न जिल्लाहरुमा गएर भूमिहीन, दलित भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर जग्गादर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढाईरहेका छौँ । ’

    सांसद विना लामाले उठाएको प्रश्नको जवाफ दिँदै उनले वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने र जग्गादर्ता गराउने कार्य अगाडी बढाउने काम भएको बताइन् । उनले भनिन्, ‘गुठि व्यवस्थापन र सुकुम्बासीको विषयमा हामीले मन्त्रालयमा वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने कार्यतिर हामीला गेका छौ  र यसकालागि अगाडी बढिरहेका छौँ ।’

    सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटबारे सोधेको प्रश्नमा उनले जग्गाको लालपूर्जा वितरण कार्य अगाडी बढेको उल्लेख गर्दै कित्ता काट र भू-उपयोगको नीति नहुँदा खेतीयोग्य जमिन सुरक्षित नभएको हुदाँ कृषि योग्य जमिन छुट्याएर कित्ताकाट गर्ने गरी तयारी गरिएको बताइन् । 

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १३:५९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij