Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

पशुपतिनाथमा जलहरी चढाउने नौटङ्की बन्द गरौँ, चढाइएका सबै सुन राज्यकोषमा दाखिला गरौँ: सांसद गौतम

पशुपतिनाथमा जलहरी चढाउने नौटङ्की बन्द गरौँ, चढाइएका सबै सुन राज्यकोषमा दाखिला गरौँ: सांसद गौतम


  • 2.4K
    Shares

    पशुपतिनाथमा जलहरी चढाउने नौटङ्की बन्द गरौँ, चढाइएका सबै सुन राज्यकोषमा दाखिला गरौँ: सांसद गौतम
    images

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन् । 

    सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटङ्की बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी हुन् । 

    प्रतिनिधिसभाको दोस्रो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भर्त्सना समेत गरिन् । 

    उनले भनिन्, ‘भाङ्ग्रा ओढी बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि । नत भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुप नै दर्शन गर्न पाइने हुन्छ कि । आराध्यदेव पशुपतिनाथलाई जथाभाबी विवादमा ल्याएर सारा हिन्दुहरूको भावनामा चोट पुग्ने काम भएको छ सभामुख महोदय । गर्भ गृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ । 

    धर्मको नाममा नौटङ्की बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनी म आग्रह गर्न चाहन्छु सभामुख महोदय । पशुपतिमा अर्पित जलहरीमा ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो सभामुख महोदय ।’

    उनले थपिन्, ‘तर उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अङ्गका रूपमा पुजिने जलहरीको सुवर्ण पेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ सभामुख महोदय । 

    म भगवान् को गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ सभामुख महोदय । हामीले भगवान्को अंगको रूपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अडचन हुन्छ सभामुख महोदय । 

    पशुपतिनाथकै मन्दिरमा बरु दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरूको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनु पर्छ भन्ने मेरो आग्रह गर्न चाहन्छु ।’

     

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १२:४६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij