२०८२ माघ १० गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।
हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् । बुधवार मृतकको संख्या १ रहेको छ । हालसम्म २ हजार ६६ जना संक्रमितको मृत्यु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij