Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दिब्यश्वरी हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

दिब्यश्वरी हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल


  • 2.6K
    Shares

    दिब्यश्वरी हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

    काठमाडौँ  । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो । 

    मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनीबीच आज हकप्रद शेयर निष्काशन गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त सम्झौता पत्रमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस्तै, कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । 

    उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ । 

     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १३:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij