Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार

गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार


  • 3.3K
    Shares

    गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार
    images

    रोमानिया । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा बोतल प्रहार भएको छ। उनीमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।  

    घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ । ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार, थुक्क हामी नेपाली ।

    कलाकार भनेको राष्ट्रको गहना हो, सकिन्छ सम्मान गरौँ, सकिँदैन भने अपमान पनि नगरौँ !’  बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - ०९:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij