Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकबाट धमाधम पैसा उठाउँदै राष्ट्र बैंक, आइतबार फेरि २० अर्ब तान्ने

बैंकबाट धमाधम पैसा उठाउँदै राष्ट्र बैंक, आइतबार फेरि २० अर्ब तान्ने


  • 3.9K
    Shares

    बैंकबाट धमाधम पैसा उठाउँदै राष्ट्र बैंक, आइतबार फेरि २० अर्ब तान्ने

    काठमाडौं । बैङ्किङ प्रणालीमा तरलता (लगानी योग्य रकम) बढ्दै गएपछि राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाइरहेको छ । केन्द्रीय बैंकले बिहीबार (असार ७ गतेमात्र) मात्रै १० अर्ब रुपैयाँ बजारबाट तानेको थियो ।

    फेरि आइतबार (असार १०) २० अर्ब रुपैयाँ तान्ने भएको छ । रिभर्स रिपो मार्फत बजारबाट रकम तान्न लागेको हो । राष्ट्र बैंकले १० गते जारी गर्ने रिभर्स रिपो असार १७ गते परिपक्क हुनेछ ।

    रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

    अहिले बैंकहरुमा ३ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । तर कर्जा लगानी भने ठप्प छ । राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ ।

    बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न जान्छ र त्यसले मुनाफा प्रभावित हुन्छ ।

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १५:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij