Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

वीर अस्पतालका ७०० जनरल बेड अब बिरामीले निःशुल्क पाउने

वीर अस्पतालका ७०० जनरल बेड अब बिरामीले निःशुल्क पाउने


  • 3.0K
    Shares

    • images
    वीर अस्पतालका ७०० जनरल बेड अब बिरामीले निःशुल्क पाउने
    images

    काठमाडौं । वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो ।

    यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

    ७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डा. बस्नेतले बताए ।

     

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १५:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij