Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विगतको जस्तो रासायनिक मल अभाव हुन्न : प्रधानमन्त्री

विगतको जस्तो रासायनिक मल अभाव हुन्न : प्रधानमन्त्री


  • 2.6K
    Shares

    विगतको जस्तो रासायनिक मल अभाव हुन्न : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।

    संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको प्रचण्डले दाबी गरे ।

    साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - ११:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij