Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सानिमा बैंकका ग्राहकहरुले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलको विभिन्न सेवामा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलको विभिन्न सेवामा विशेष छुट


  • 2.9K
    Shares

    सानिमा बैंकका ग्राहकहरुले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलको विभिन्न सेवामा विशेष छुट
    images

    काठमाडौँ । सानिमा बैंक लिमिटेडका ग्राहकहरूले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको हो । 

    उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । 

    सानिमा बैंकका ग्राहकहरुले औषधी र अपरेशन सम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध छ ।  

    हाल सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम् संचालनमा रहेका छन् । 

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १४:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij