Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंक र  पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने 

सानिमा बैंक र  पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने 


  • 3.2K
    Shares

    सानिमा बैंक र  पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने 

    काठमाडौँ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच सम्झौता भएको छ । सानिमा बैंक र  पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

    उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । 

    उक्त सम्झौता अनुसार बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । 

    बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु.१ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

    बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा.रवि शाक्य र सानिमा बौंका प्रमुख निक्षेप हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैककको देशका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा ए.टि.ए.म संचालनमा रहेका छन् ।

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १६:११:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij