Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘लब्ली’ पुजा अब एक्सन हिराेइनकाे अवतारमा

‘लब्ली’ पुजा अब एक्सन हिराेइनकाे अवतारमा


  • 2.4K
    Shares

    ‘लब्ली’ पुजा अब एक्सन हिराेइनकाे अवतारमा
    images

    काठमाडौं । अभिनेत्री पुजा शर्मालाई दर्शकले फिल्ममा एक्सन अवतारमा सायद कमै मात्र देखेका छन् । किनकी उनी बढी मात्रामा प्रेमकथाका फिल्ममा मात्र देखिन्छिन् । 

    ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’ मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ ।

    फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजम देखिँदैछन् । कुन्साङको यो डेब्यू फिल्म हो । फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यस अगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

    ‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ,’ रुपेशले भने । फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् ।

    श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ०९:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij