२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले उपत्यका सबै प्रहरीलाई हाई अलर्ट बस्न निर्देशन दिएको हो ।
उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा बसेको प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । यस्तै अन्य सुरक्षा निकाय पनि 'हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् । चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएको बताएका छ्न् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै आज संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएकाे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij