Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता

नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता


  • 1.8K
    Shares

    • images
    नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता
    images

    काठमाडौँ । नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता भएको छ । पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    उक्त सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र इन्भेष्ट फर इम्प्याक्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

    यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM) को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिनेछ । 

    सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १७:००:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij