Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने, ‘राज्यले पनि प्रोत्साहन दिन आवश्यक’ 

‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने, ‘राज्यले पनि प्रोत्साहन दिन आवश्यक’ 


  • 7.1K
    Shares

    ‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने, ‘राज्यले पनि प्रोत्साहन दिन आवश्यक’ 

    काठमाडौँ । चलचित्र ‘नालापानी’मा निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

    विसं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि  लेखन कार्य भइरहेकोे उनले जानकारी दिए । नालापानी हेरेपछि दर्शकको पनि अपेक्षा बढेको छ । 

    हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पुर्याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो”, निर्देशक अधिकारीले भने, “यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु । 

    यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ।” पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उनको गुनासो थियो । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहेका छन् । 

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १५:३२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij