Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

चलचित्र ‘उस्ताज जी’को ट्रेलर तथा ‘हेर स्वर्ग झैं लाग्यो’ बोलको गीत सार्वजनिक

चलचित्र ‘उस्ताज जी’को ट्रेलर तथा ‘हेर स्वर्ग झैं लाग्यो’ बोलको गीत सार्वजनिक


  • 3.5K
    Shares

    चलचित्र ‘उस्ताज जी’को ट्रेलर तथा  ‘हेर स्वर्ग झैं लाग्यो’ बोलको गीत सार्वजनिक

    नेपाली कथानक चलचित्र ‘उस्ताज जी’को ट्रेलर तथा चलचित्रमा समावेश ‘हेर स्वर्ग झैं लाग्यो’ बोलको गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको निर्देशन चर्चित संगीत संयोजक राजु खड्काले गर्नु भएको हो । उक्त चलचित्रमा मूख्य भूमिकामा गायक तथा नायक रेशम कुमार विश्वकर्मा रहनुभएको छ । उक्त चलचित्रको निर्माता पनि नायक स्वयं रहनुभएको छ ।

    7eab69fc-5e58-4400-945d-a18e28641c3e.jpg

    चलचित्रको ट्रेलर गत जेष्ठ २६ गते नै सार्वजनिक भइसकेको छ भने उक्त चलचित्रमा समावेश गीत ‘हेर स्वर्ग झै लाग्यो’ भने हाईलाईटस नेपालबाट सार्वजनिक भएको छ । उक्त गीतमा संगीत तथा स्वर गायक उत्सव सुवा लामाले दिनु भएको छ ।

    101cfcef-8323-468d-9823-f9a6dce8ac9a.jpg

    महिला तर्फ गायिका  तारा शिरीष मगरले स्वर दिनु भएको गीतमा संगीत संयोजन राजु खड्काले गर्नु भएको छ । रामचन्द्र राईको छायांकन र देव दोर्जे लामा को कोरियोग्राफी रहेको उक्त गितमा नायक रेशम र नायिका लक्ष्मी तिम्सिनाले प्रमुख भुमिका निभाउनुभएको छ ।

    fcc90055-f47f-43c7-9b00-8b06f498bb14.jpg

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १४:३०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij