Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट प्रदान गर्ने

वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट प्रदान गर्ने


  • 1.5K
    Shares

    • images
    वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट प्रदान गर्ने
    images

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने निर्णय गरेको छ । 

    ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमशल, शङ्कास्पद, खराब), जतिसुकै अवधिको आभरड्यु, नरमल तथा पनेल  ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने छ । 

    ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण ऋणीहरूलाई अनुरोध गर्दछ । बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, बिना चेक रकम झिक्न सकिने, इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसडी बैंकिङ्ग सेवाहरू समेत सञ्चालनमा रहेका छन । 

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १२:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij