२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पहिलो पटक मंकिपक्सको संक्रमण पुष्टि भएपछि उपचारका लागि १४ अस्पतालमा चिकित्सकलाई सम्पर्क व्यक्ति तोकेको छ ।
मंकिपक्स फैलिन सक्ने र यसको जानकारीका लागि भन्दै उनीहरूलाई सम्पर्क व्यक्ति तोकेको हो । स्वास्थ्य मन्त्रालयले मेची अस्पताल, कोसी अस्पताल, बिपीकेआइएचएस धरान, जनकपुर अस्पताल, वीरगन्ज अस्पताल, गण्डकी अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, पाटन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, सुर्खेत अस्पताल र सेती अस्पतालका चिकित्सकलाई सम्पर्क व्यक्ति तोकेको हो ।
मेचीमा डा. केशव दाहाल, कोसीमा डा. सिबी झा, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहट्ठा, जनकपुरमा डा। रामज्ञान यादव, वीरगन्ज अस्पतालमा डा.अतुलेशकुमार चौरसिया, गण्डकीमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीरमा डा. नीरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा।सर्वेन्द्र झालाई सम्पर्क व्यक्ति तोकिएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा बद्री चापागाईँ, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश सिवाकोटीलाई सम्पर्क व्यक्ति तोकिएको हो ।
काठमाडौँको एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलामा मंकिपक्स संक्रमण पुष्टि भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij