Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा दलहरु : बालुवाटारमा बैठक जारी

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा दलहरु : बालुवाटारमा बैठक जारी


  • 2.0K
    Shares

    समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा दलहरु : बालुवाटारमा बैठक जारी

    काठमाडौं ।  सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन्। असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन। सम्भवत आज या भोली मोर्चा घोषणा हुने नेताहरुले बताएका छन्। 

    मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। आइतबार बिहान समाजवादी मोर्चाबारे छलफल गर्ने शीर्ष नेताहरु बालुवाटार पुगेका छन्। नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लव पनि बालुवाटार जाँदैछन्। उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी र घोषणालाई अन्तिम रुप दिइने बालुवाटार स्रोतले जनाएको छ। 

    आजै कार्यदलका नेताहरुबीच पनि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ। यसलाई अन्तिम रूप दिन बैठक बोलाइएको हो।

    समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी हुने नहुने टुंगो लागेको छैन। आजको छलफलमा पनि भट्टराई सहभागी भएका छैनन्।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ०९:१५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij