Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पछिल्लो २४ घण्टामा थपिए ११०जना कोरोना संक्रमित, ४ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ११०जना कोरोना संक्रमित, ४ को मृत्यु


  • 5.7K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ११०जना कोरोना संक्रमित, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा १ हजार ५३३ सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा थप १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ रहेको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १६:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij