Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

डिजिटल बैङ्किङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउन एनआईसी एशिया बैङ्कले गर्यो वेबसाइटको स्तरोन्नति 

डिजिटल बैङ्किङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउन एनआईसी एशिया बैङ्कले गर्यो वेबसाइटको स्तरोन्नति 


  • 2.2K
    Shares

    • images
    डिजिटल बैङ्किङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउन एनआईसी एशिया बैङ्कले गर्यो वेबसाइटको स्तरोन्नति 
    images

    काठमाडौँ । एनआईसी एशिया बैङ्कले डिजिटल बैङ्किङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउन आकर्षक नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैङ्कले डिजिटल बैंकिङ्गलाई सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट www.nicaisabank.com लाई आकर्षक फिचरहरूसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको हो ।

    बैङ्कले समयअनुरूप आफ्ना सेवा तथा सुविधाहरू थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरूप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो । ग्राहक महानुभावहरूले खोजे अनुसारको प्रोडक्ट, विवरणहरू उपलब्ध वा जानकारी गराउन आवाज (भ्वाइस कमान्ड), ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकहरूले सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । 

    मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरूमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरूको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको बैङ्कको जिकिर छ । 

    वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाइसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, इ–सर्भिसमार्फत विभिन्न भुक्तानीहरू गर्न मिल्ने सुविधाको साथमा बैङ्कका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरूको स्थान पत्ता लगाउन सकिने लगायत बैङ्क सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि २४ सै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् । 

    सो बैङ्कको मोबाइल बैङ्किङ्ग एपमा रहेको ओम्नी च्यानल प्रणालीमा उपलब्ध सेवाहरू जस्तै : नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारू, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरू वेबसाइटमार्फत उपभोग गर्न सकिनेछ । 

    बैङ्कको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहक महानुभावहरूलाई बैङ्कको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैङ्कले लिएको छ । 

    एन आई सी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैङ्किङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । सो बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवम् ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

    देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ । 

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैङ्कको रूपमा स्थापित हुन बैङ्क सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १२:०२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij