Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सामाजिक सञ्जालमा सीमा विवादबारे 'नकारात्मक' पोष्ट गर्ने सात जना पक्राउ

सामाजिक सञ्जालमा सीमा विवादबारे 'नकारात्मक' पोष्ट गर्ने सात जना पक्राउ


  • 5.5K
    Shares

    सामाजिक सञ्जालमा सीमा विवादबारे 'नकारात्मक' पोष्ट गर्ने सात जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमा चीनको प्रहरीले भारत–चीन सीमामा भएको झडपमा मारिएका सैनिकबारे नकारात्मक पोस्ट गर्ने सातजनालाई पक्राउ गरेको छ । गत वर्षको जुन महिनामा भारतीय सैनिकसँगको झडपमा परी पाँच चिनियाँ सेनाको मृत्यु भएको बीबीसी समाचारमा जनाइएको छ ।

    बीबीसी समाचारमा जनाइए अनुसार उक्त घटनाबारे नकारात्मक पोस्ट गर्दै बहादुर सैनिक र शहीदको अपमान गरेको आरोपमा चीनले सातजनालाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ ।

    सन् २०१८ मा चीनले मानिसहरुलाई मुलुकका हिरो र शहीदहरुको अपमान गर्न नपाउने कानुन ल्याएको थियो । चाइनाडेल्लीका अनुसार यो मुद्दामा समातिएका उनीहरुलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्ने नियम छ ।

    अबको १० दिनपछि हुने सुनुवाइमा उनीहरु दोषी पाइए यो कानुनअनुसार दण्डित हुने उनीहरु पहिलो व्यक्ति हुनेछन् ।

    अहिले पक्राउ परेका मानिसहरुमा एकजना चिनियाँ समाजिक सञ्जाल विबोमा २५ लाख फलोअर्स भएका व्यक्ति पनि छन् । विबोले उनी पक्राउ परेसँगै उनको अकाउन्टमा पनि एक वर्षको प्रतिबन्ध लगाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १६:१२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij