Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझाए ज्ञापनपत्र

रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझाए ज्ञापनपत्र


  • 8.6K
    Shares

    रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझाए ज्ञापनपत्र

    काठमाडौं । राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाईएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।

    काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहेकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने नभएको बताइएको छ ।

    काठमाण्डौ महानगर पालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन् ।

     

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - ११:४६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij