२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.७७ दशमलव ४५ देखि २३२ दशमलव ३५ ओपन रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा आइतवार देखि कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको स्टक सिम्बोल एमसिएचएल रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल बबरमहलबाट हुने जानकारी गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij