Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


  • 2.5K
    Shares

    नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि असार १ गते बुक क्लोजको मिति तय गरेको छ । त्यसकारण आज जेठ ३२ गतेसम्म शेयर खरिद गर्नेले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

    कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

    कम्पनीको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ५० प्रतिशत अर्थात ८२ करोड २१ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

    हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै २०७९ कार्तिक २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

     

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - ११:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij