२०८२ भाद्र १० गते मंगलवार
गोरखा । हेपाटाइटिसका धेरै बिरामी रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिकाको समन्वयमा किमोलुङ फाण्डेशन नेपालले वडा नम्बर ३ का विभिन्न गाउँमा हेपाटाइटिस बी रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तरर्गत बुधबार दुर्गमको न्याक गाउँमा शिविर सञ्चालन भइरहेको छ । मंगलबार जगत बजारमा शिविर सञ्चालन भएको थियो । पहिलो दिन ७३ पुरुष र ८७ महिला गरी कूल एक सय ६० जनामा हेपाटाइटिस बी संक्रमण रहे नरहेको परीक्षण गरिएको किमोलुङ फाउण्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए ।
परीक्षण गरिएकामध्ये ६ जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको उनले बताए । शिविरमा ४५ जना पुरुष र ६९ जना महिला गरी कूल एक सय १४ जनालाई हेपाटाइटिस विरुद्धको खोप लगाइएको लामाले जानकारी दिए ।
गाउँहरुमा हेपाटाइटिसको समस्या रहेको तर खोप अभियान सञ्चालन गर्ने नेपाल सरकारले कार्यक्रम नरहेकाले संस्थाले यसको व्यवस्था गरेको लामाको भनाइ छ । खोप अभियान सञ्चालन गर्नुअघि पालिकाका स्वास्थ्यकर्मीहरूई हेपाटाइटिस रोग सम्बन्धी प्रशिक्षण समेत दिइएको अध्यक्ष लामाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij