२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । गोरखा नगरपालिका-८ ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजना गम्भीर छन्।
बसको ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुमध्ये २ जना गम्भीर छन् ।
गम्भीर रहेका २ जनालाई चितवनको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।
बसमा १५ जना सवार थिए । १० जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको डीएसपी लामिछानेले बताए । बसको ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij