२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । सनराइज बैङ्कको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सञ्चालन गरेको निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा वि, शुद्धोधन गाउँपालिका ७, रूपन्देहीमा सम्पन्न गरेको हो ।
उक्त शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरू लिएका थिए ।
हरेक वर्ष देशका विभिन्न स्थानहरूमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरूलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतका विषयहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको बैङ्कले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij