२०८२ आश्विन २७ गते सोमवार
शरीरलाई शीतलता प्रदान गर्ने भएकाले गर्मीमा लस्सी धेरैको रोजाइमा पर्छ । तपाईंले घरमै स्वादिलो लस्सी बनाएर परिवारसँग त्यसको मज्जा लिन सक्नुहुन्छ ।
गुल अनार लस्सी :
एक कप हाङ कर्ड ९पानी छानेको बाक्लो दही०, दुई चम्चा चिसो क्रिम, एक चम्चा रोज सिरप, आधा कप अनार जुस, एक चम्चा ठन्डाइ पाउडर, स्वादअनुसार नुन तथा आवश्यकता परे थोरै चिसो पानी हालेर ब्लेन्ड गरी यो लस्सी सर्भ गर्न सकिन्छ ।
हनिडिउ लस्सी :
यो लस्सी बनाउन पाकेको हनिडिउ लिने र ताछेर १०० ग्राममा १५० ग्राम स्विट कर्ड हाल्ने । एउटा कागती र आधा सुन्तला निचोरेर हाली ब्लेन्ड गर्ने र गिलासमा हालेर सर्भ गर्ने ।
छोकडा (खजुर) लस्सी :
दूध/दही एक–एक कप हालेर १५ पिस छोकडाको दाना निकालेर थोरै चिसो पानी र हनी हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
बेल लस्सी :
बेलको लस्सी बनाउन पाकेको ठूलोे दानाको भित्री भागको फल लिएर एक कप दही, सात पिस काजु, पिन्च नुन र थोरै चिसो पानी साथमा चिनी वा मह एक चम्चा हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij