Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

दुई सुमो एक आपस ठोक्किँदा ११ जना घाइते

दुई सुमो एक आपस ठोक्किँदा ११ जना घाइते


  • 6.5K
    Shares

    दुई सुमो एक आपस ठोक्किँदा ११ जना घाइते

    हेटौंँडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा दुई सुमो एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन्।

    हेटौंँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो एकआपसमा ठोक्किँदा दुबै सुमोमा सवार ११ जना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको बताए ।

    प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १२:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij