२०८२ माघ १० गते शनिवार
कारखानामा काम लगाइदिन्छु भन्दै भारतमा एक महिलालाई कारमा राखेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । मध्य प्रदेशमा ग्वालीयर जिल्लामा यो घटना भएको हो ।
आफूलाई बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी छिन् । रामबाबु गुर्जर नामका व्यक्तिले चिडियाखानाको अगाडि गुर्जर कारखानामा काम खोजिदिने बहानामा आफूलाई लिएर गएको र बाटोमा बलात्कार गरेको र बलात्कार गर्न सहयोग कार चालकले मद्दत गरेको भन्दै ती महिलाले प्रहरीमा उजूरी दिएकी हुन् ।
रामबाबुले होटलमा लगेर समेत आफूलाई बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छिन् । प्रहरीले रामबाबु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
डीएसपी क्राइम शाखा विजया भदोरियाले महिलाले उजूरी दिएपछी आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए । एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij