Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘सकम्बरी’ म्युजिक भिडियोबाट बढेको कुसुमको व्यस्तता

‘सकम्बरी’ म्युजिक भिडियोबाट बढेको कुसुमको व्यस्तता


  • 2.9K
    Shares

    ‘सकम्बरी’ म्युजिक भिडियोबाट बढेको कुसुमको व्यस्तता
    images

    प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट मोडलिङमा डेब्यू गरेकी हुन् कुसुम शर्माले । उनको पहिलो म्युजिक भिडियो नै अनपेक्षित रुपमा हिट भइदियो । अभिनयलाई लिएर खुलेर प्रशंसा पाइन् कुसुमले । त्यस यता उनलाई म्युजिक भिडियोमा अभिनय गराउन चाहनेहरू बढ्दै गए । 

    ‘सकम्बरी’पछि कुुसुम अभिनीत दुईवटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । केही म्युजिक भिडियोहरू सार्वजनिक हुने क्रममा छन् । 

    ‘माया गरिदेउन’बोलको गीतको भिडियोमा कुसुमले प्रकाशसँगै अभिनय गरेकी छन् । त्यस्तै, उनी अभिनीत ‘बेनी बजारैमा’ गीतको भिडियो पनि सार्वजनिक हुने तयारीमा छ । 

    उनले ‘धोकेबाज ३’ गीतको भिडियोमा समेत अभिनय गरिसकेकी छन् । केही दिनअघि साङ्गीतिक प्रस्तुतिको शिलशिलामा कुसुम दुबई समेत पुगेर फर्किएकी छन् । 

    kushum1_oK7Vtsri1P.jpg

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १६:४५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij