Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

हास्य टेलिशृंखला "ख्यालठट्टा" बुधबारदेखि प्रसारण हुँदै 

हास्य टेलिशृंखला "ख्यालठट्टा" बुधबारदेखि प्रसारण हुँदै 


  • 2.7K
    Shares

    हास्य टेलिशृंखला "ख्यालठट्टा" बुधबारदेखि प्रसारण हुँदै 
    images

    काठमाडौँ । हास्य टेलिशृंखला 'ख्यालठट्टा' जेठ ३१ गतेदेखि प्रसारण हुने भएको छ। यो कार्यक्रम हरेक बुधबार राती ८:४५ बजे एनएनटिभीमा प्रसारण हुनेछ। त्यसपछि ९:१० मा एनस्क्वायर युट्युब च्यानलमा प्रसारण हुनेछ। 

    नेत्र राउत निर्देशित कार्यक्रममा राजाराम पौडेल, विनोद राई, नविना सिलवाल (खुइली), पवन खतिवडा (माकुरी), सन्देश लामिछाने, नेत्र राउत, सलोनी कार्की, नबुजंग थापा, विरेन्द्र मुखिया, रमेश सापकोटालगायत कलाकारको अभिनय रहनेछ। 

    निर्देशक राउतले कार्यक्रम विशुद्ध मनोरञ्जनात्मक रहने बताए। यस कार्यक्रममा हामी हास्य खुराक पस्कन्छौं। समसामायिक विषयवस्तुलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्नेछौं। टेलिभिजनको कार्यक्रम भएको हुँदा यसमा अश्लील शब्द प्रयोग हुँदैन। हामीले पहिलो एपिसोडमा कृषि सम्बन्धि विषयवस्तु समेटेका छौं। यसैगरी हामी देशमा भएका समस्यालाई प्रस्तुत गर्नेछौं, उनले भने। 

    यसको छायांकन काभ्रे ढुङखर्क लप्सिबोटमा भइरहेको छ। प्रवेश पोखरेलले छायांकन गरेको कार्यक्रमलाई राजेन्द्र मानन्धरले सम्पादन गर्नेछन्। 'ख्यालठट्टा' को कथा कृष्ण महराले तयार पारिरहेका छन्। 

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १६:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij