Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सीता दाहालको पिसाबमा इन्फेक्सन, प्रधानमन्त्रीले पनि गराए स्वास्थ्य परीक्षण

सीता दाहालको पिसाबमा इन्फेक्सन, प्रधानमन्त्रीले पनि गराए स्वास्थ्य परीक्षण


  • 3.5K
    Shares

    सीता दाहालको पिसाबमा इन्फेक्सन, प्रधानमन्त्रीले पनि गराए स्वास्थ्य परीक्षण
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेको सचिवालयले जनाएको छ। 

    प्रा.डा. युवराज शर्मा लगायतका चिकित्सकहरूले टिमले सीताको स्वास्थ्य परीक्षण गरेको छ। उनको पिसाबमा इन्फेक्सन देखिएको छ। सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)रोग देखिएको थियो। 

    जुन रोगको कारण मानिस हिँड्न, बोल्न र निल्न सक्तैन। उनले शौचालय गर्दा असहज हुने भएकाले पिसाबमा इन्फेक्सन देखिएको चिकित्सकको भनाइ छ। 

    त्यस्तै, नर्भिकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि स्वास्थ्य परीक्षण गराइएको छ। प्रधानमन्त्री प्रचण्डको नियमित स्वास्थ्य परीक्षण गरिएको हो।

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १६:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij